ताजा अपडेट »

अन्तर्राष्ट्रिय महिला च्यम्पियनसिप फुटबल : नेपालले आज म्यानमारसँग खेल्दै

आइतबार, ११ फागुन २०८१, ०७ : ५५
88 Shares
आइतबार, ११ फागुन २०८१
88 Shares

बुटवल । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोसगतामा समुह चरण अन्तर्गत नेपालले आज म्यानमारको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुने प्रतियोगितामा दुबै टोली अविजित यात्रालाई कायम राख्न जितको खोजिमा हुने छन् । 

लिग चरणमा हालसम्म भएका सबै खेलमा दुबै देशले समान २ जित हा पारेको भएपनि गोन्तरको आधारमा म्यानमार शिर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघिका खेलमा किर्गिस्तान र लबनानलाई समान १–० गोल अन्तरमा पराजित गरेको थियो भने म्यानमारले किर्गिस्तानलाई ५–० तथा लेवनानलाई ३–१ को गोलअन्तरले पराजित गरेको थियो । दशरथ रंगशालामा आजदै दिउँसो अंक तालिकामा अन्तिम स्थानमा रहेको किर्गिस्तान र तेस्रो स्थानमा रहेको लेवनान बीच दिउँसो २ बजे प्रतिस्पर्धा हुँदै छ ।  

आगामी बुधबार म्यानमारसँगै नेपालको फाइनल हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।