ताजा अपडेट »

काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगिताकाे उपाधी प्रतीक सुवेदी र यशस्वी शर्माले उचाले

शनिबार, १० फागुन २०८१, २१ : १८
18 Shares
शनिबार, १० फागुन २०८१
18 Shares

ललितपुर । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र तर्फ प्रतिक सुवेदीले उपाधि उचालेका छन्।
गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर विजय बनेका छन्।


काठमाडौं भ्यालीका ६० विद्यालयको सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि प्रतिकले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र ग्रहण गरेका छन्। कूल १२० जना विद्यार्थी सहभागी रहेको प्रतियोगितामा पुष्प सदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो भएका छन्। एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भएका छन्।


समान ६ अंकका पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजु चौथो, फ्लोसेण्ट स्कूलका जेसिक मैनाली पाँचौ स्थानमा रहे। यस्तै पेभेलियन चेस एकेडेमीका ओस्कर पन्थि, त्रियोग हाइस्कूलवाठ आभाष रिमाल, आदर्श सौल स्कूलका श्याम उज्वल महर्जन, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर र पेभेलियन चेसका सोशम श्रेष्ठ क्रमशः दशौं स्थानमा रहेका छन्।


यसैगरी छात्रा तर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले ६.५ अंक जोडेर पहिलो स्थान प्राप्त गरेकी छिन्। उनले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र ग्रहण गरेकी छिन्। यस्तै ग्रीनहिल स्कूलकी एञ्जल महर्जनले ६ अंक जोडेर नगद २ हजार, सिल्डर मेडल र प्रमाणपत्र ग्रहण गरीन्।


प्रतियोगितामा अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ ५.५ अंक बनाएर तेस्रो स्थानमा उभिन सफल बनीन्। उनले नगद सहित ब्रञ्च मेडल हात पारिन। खेलमा मनकामना स्कूलकी प्रिसियस् अधिकारी, मनकामना सेकेण्डरीकी संस्कृति गजुरेलले समान ५ अंक प्राप्त गर्दै क्रमशः पाँचौ स्थानमा रहीन्। यस्तै श्री श्रृंगेरी उच्च माविकी इशा घिमिरे ४.५ अंक छैटौं , बालकुञ्जकी इन्शु ओलि, प्रेरणा विद्याश्रीकी अलिषा महर्जन,सिरियस स्कूलकी अनुजा घर्ती, प्रकृति राई दशौं स्थानमा रहिन्। 

 

यस्तै गोदावरी नगरवाट बज्र एकेडेमीका बिभव जोशी, लालिगुरास स्कूलका विभिन गुरुङ र विराट जंग शाही क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन्। महिला तर्फ लालिगुरासकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमशः पहिला, दोस्रो र तेस्रो भईन्।


यसैबीच कार्यक्रमको उदघाटन गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेल क्षेत्रलाई धेरै माया गरेर धेरै भन्दा धेरै खेलकुद कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराएका छन्। मेयर गजेन्द्र महर्जनले यो प्रतियोगिताको निरन्तरता रहने प्रतिबद्धता जाहेर गरेका छन्।


कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.१ अध्यक्ष श्रीराज थापा, ६ का विष्णु मान महर्जन, १० का शेखर न्यौपाने, ११ का नील बहादुर देशार, १४ का निरोज बज्राचार्यले मन्तब्य ब्यक्त गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य तथा प्रवक्ता राजु ताम्राकारले विजेतालाई पुरस्कार वितरण गरेका छन्। महासंघका केन्द्रीय सदस्य सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।