ताजा अपडेट »

मेयर कप अन्तरविद्यालय फुटबलः उपाधि स्कलर्स होम स्कुल र कालिका माविलाई

शनिबार, १० फागुन २०८१, २१ : १६
136 Shares
शनिबार, १० फागुन २०८१
136 Shares

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फको उपाधि स्कलर्स होम स्कुलले हातपारेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा न्यु होराइजन माविलाई १-० गोल अन्तरले हराउँदै स्कलर्स होमले उपाधि हातपारेको हो ।

जितका लागि स्कलर्स होमका जर्सी नं ७ का सुशान्त थापा क्षेत्रीले पहिलो हाफको २१ मिनेटमा गरेको गोलनै निर्णायक भयो । उपाधिसँगै स्कलर्स होमले नगद एक लाख पुरस्कारसहित रूपँया,शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता न्यु होराइजनले नगद ५० हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा छात्र तर्फ स्कलर्स होमका सुशान्त थापा क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए भने सर्कलर्स होमकै नविन मश्राङ्गी उत्कृष्ट गोल रक्षक घोषित भए ।
न्यु होराइजनका होम थापा उत्कृष्ट मिड फिल्डर घोषित हुँदा न्यु होराइजनकै प्रतिक थापा सर्वाधिक गोलकर्ता घोषित भए । थापाले ३ गोल गरेका थिए ।

480727899_3649155155376548_2060282290980892293_n

त्यस्तै स्कलर्स होमका सञ्जु थापा उत्कृष्ट डिफेन्डर घोषित भए भने स्कलर्स होमकै सुमित पुलामी उत्कृष्ट फरवार्ड घोषित भएको बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिए । छात्रा तर्फ कालिका मानवज्ञान माविकी सिर्जना कडायत उत्कृष्ट खेलाडी घोषित भइन् भने कालिकाकै किर्ती पराजुली सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भइन् । त्यस्तै कालिकाकी मुस्कान चौधरी उत्कृष्ट गोल रक्षक घोषित भइन् भने कालिकाकै प्रस्था कार्की उत्कृष्ट डिफेन्डर घोषित भइन् ।

गार्गी एकेडेमी नमिता भुसाल उत्कृष्ट फरवार्ड घोषित हुँदा गार्गीकै वृष्मा पाठक उत्कृष्ट मिड फिल्डर घोषित भएको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् । छात्रा तर्फको उपाधि भने कालिका मानवज्ञान माविले जितेको छ भने गार्गी एकेडेमी उपविजेतामै सिमित भयो ।

उपाधिसहित कालिकाले नगद ५० हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गार्गीले नगद ३० हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता,उपविजेता दुवै टोलीलाई नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको हव बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं बजेट छुट्याएको भन्दै विद्यालयबाटै खेलाडी उत्पादन गर्न विद्यालय तहमै खेलकुदमा लगानी गरेको जानकारी गराए ।

शिक्षा,स्वास्थ्यसँगै खेलकुदको माध्यमबाट पनि बुटवललाई चिनाउन बुटवल उपमहानगरपालिका आफैंले बिभिन्न ४८ विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी गराउदै उनले केही प्रतियोगिताहरू खेल क्षेत्रसँग सम्बन्धि संघ संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गर्ने बताए ।

बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार बितरण कार्यक्रम समितिका उपाध्यक्ष लालहरी पाण्डेले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।