ताजा अपडेट »

पाथीभरामा केबलकार विवाद : राँके जुलुस निकाल्दा प्रहरीसँग झडप, २ जना गम्भीर घाइते

शनिबार, १० फागुन २०८१, २१ : ०९
104 Shares
शनिबार, १० फागुन २०८१
104 Shares

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मी बीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।