ताजा अपडेट »

तिलोत्तमामा दलित समुदायका कानुनी अधिकार बारे सचेतनामूलक कार्यक्रम

शनिबार, १० फागुन २०८१, २० : ५२
44 Shares
शनिबार, १० फागुन २०८१
44 Shares

तिलोत्तमा । दलित समुदायको लागि संवैधानिक कानुनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण विकास मञ्चको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको सो कार्यक्रममा संवैधानिक कानुनी अधिकार र कार्यान्वयनको अवस्था सम्बन्धी प्रशिक्षण अधिवक्ता खुमकान्त पौडेलले दिएका थिए ।

स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दल एवम् युवा क्लब र सरोकारवाला निकायका प्रतिनिधिहरूमाझ भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले दलितहरूको मुद्दामा नगरपालिका हरदम सँगै रहेको  बताउँदै सामाजिक यथार्थतालाई चिर्दै समतामूलक सोचको विकास हुनु पर्नेमा जोड दिनुएकाे थिए।

सरकारले जनप्रतिनिधि र आरक्षण कोटामा समेत दलितहरूलाई समेटेको कुरालाई उद्धृत गर्दै उनले केही कानुनी अड्चन र कानुनी प्रक्रिया  तथा अवस्थालाई दलित समुदाय बिच उजागर गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति सुरेन्द्र श्रीले दलितहरूको मुद्दामा सबै एकबद्ध भई लाग्नुपर्ने र जनप्रतिनिधिहरूले सो को पैरवी गर्दै सामाजिक समस्याको उठान गर्नुपर्ने बताए। कार्यक्रमका  संयोजक रवी सेन्चुरीले समाजमा रहेको भेदभाव न्यूनीकरण गर्दै कानुनी राज्यको स्थापना गर्न र समाजका समस्याहरूलाई निराकरण गर्न सबै दलित समुदायले हातेमालो गर्नुपर्ने जरुरी रहेको बताए।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष मीन प्रसाद पोख्रेल, रास्वपा अध्यक्ष रुस्तम कंडेल, जनमुक्ती पार्टीका राधिका श्रीस, कार्यपालिका सदाय राधा शाही, लगाएत तिलोत्तमका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रम तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री काे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।