बुटवल । जी पी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा महिला भलिबल प्रतियोगिता शनिबारदेखि बुटवलमा सुरु भएको छ । शनिबारबाट सिद्धेश्वरी माविको खेल मैदानमा सुरु भएको यो प्रतियोगिताको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले छात्रा भलिबल प्रतियोगीताको लागि नगरपालिकाले लामो समय देखि काम गर्दै आएको बताए । विकास निर्माणमा बुटवल उपमहानगरपालिकाले फड्को मारेको भन्दै उनले यसको लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए । कतिपय पार्टी भित्रबाट नै राम्रा कामको समेत विरोध भएको भन्दै उनले विरोधको लागि विरोध गर्ने पारिपार्टी बन्द गरी गुण र दोषको आधारमा सर्मथन र विरोध गर्न आवश्यक रहेको बताएका थिए ।
सामुदायिक तथा संस्थागत १६ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीतामा उद्घाटन खेल नविन औद्योगीक मावि र नयाँ गाउँ माविका बिचमा भएको थियो । प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार सान्तवना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी र अनुशासित खेलाडीलाई समेत नगद १ हजार ५ सय सहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रतियोगिता शुभारम्भ कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, काजिमान श्रेष्ठ सहितका नेताहरुले शुभकामना राखेका थिए ।
प्रतिक्रिया