काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो ।प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन) ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।
साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाई नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमा यी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।
उनले भने, ‘यसको नाम बैकाल रहनुको कारण के हो भने साइबेरियाको बैकाल लेक अर्थात ताल क्षेत्रमा मात्र पाइने गर्छ । जुन झण्डै ६ सय किलोमिटर भन्दा लामो ताल हो । क्षेत्रफल पनि धेरै ठूलो छ । ३५ हजार स्क्वाएर किलोमिटर छ । संसारकै सबैभन्दा गहिरो ताल पनि हो । ताल झण्डै १७ सय मिटर गहिराइमा छ ।’
यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्ने गरेको पनि उनले जानकारी दिए । उनले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घट्नामा परी एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भएको घट्नामा यही बैकाल चराको संलग्नता रहेको बताए । यीनिहरु बथानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराए ।
उनले भने, ‘जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्छ । जस्तै कोरिया, साउथ कोरिया जस्ता देशमा पुग्छ । कोरियामा २०२४ डिसेम्बर २९ मा भएको विमान दुर्घट्ना एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भयो । त्यसबेला पाइलटलाई केही मिनेट अगाडि टावरले चराको क्रियाकलाप रहेको खबर गरिसकेको थियो । यी चराहरु ठूलो बथान लिएर उड्छन् । विमान दुर्घटनाको कारण पनि यिनै चराहरुले छोएर भएको भन्ने अध्ययनले देखाएको थियो ।’
उनले बैकाल काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भनियता पनि आफूले पहिलो पटक देखेको उनी बताउँछन् । ‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर मैले चाँही काठमाडौंम पहिलो पटक देखेको हुँ,’उनले भने
त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीड लाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उनले बताए ।
हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उनले जानकारी दिए । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’ भएको पनि उनले जानकारी दिए ।
‘यो हाँस प्रजातिको हो । यहाँ एउटा मात्र आइपुगेको छ । तर बथान नै उड्ने गर्छन् । जस्तै साउथ कोरियामा १० हजारको बथान उडेको रेकर्ड छ,’उनले भने ।
२०११ सम्म बैकाल कम भइसक्यो भन्ने गरेको भएतापनि अहिले पूर्वतिर केही मात्रामा देखिरहेको कार्की बताउँछन् । फेब्रुअरी ११ अर्थात माघ ३० गते उक्त चरा नागदहमा आएको थियो । यसको साथै नागदहमा बैकाल बाहेक अन्य चराहरु पनि जाडो छल्न बसाइ सरेर आएको उनले जानकारी दिए ।
उनले भने, ‘गएको हप्तासम्म यहाँ पाँचवटा मल्हाड अर्थात पानी हाँस थिए । त्यसलाई हरित हाँस पनि भनिन्छ । एउटा पोथी र चार वटा भाले थिए, तर आज छैनन् । यीनिहरु झण्डै महिना दिन जति बसेर गए । अहिले यहाँ फेरोजेनेश हासहरु छन् । कुट, मरुल, मोरह्यान, सिम कुखुरा भन्ने पनि छन् । यी सबै जाडो छल्न नेपाल आएका हुन् ।’
प्रतिक्रिया