बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक भाषा, कला, संस्कृति, सभ्यताको उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बोधन गरिने बताएका छन् ।
लुम्बिनी प्रदेश ब्याङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएको, विकृति, विसंगतिका बिरुद्ध साहित्यक कलमको माध्यमबाट खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेक तर्जुमा निर्माणको काम भइरहेको जानकारी दिनुभयो । भाषा, साहित्य, कला, संस्कृति लगायत सम्पदाअरुको अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको हो । प्रज्ञाप्रतिष्ठान गठनको लागि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छौं । बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छ, उनले भने अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेको छ । अव असार महिना सम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको बताए । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राखे । मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पुर्याएको भन्दै योगदानको उच्च कदर गरे ।
प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरुको, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकमा पर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डाक्टर गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डाक्टर गोविन्द आचार्यलाई सम्मान गरिएको छ । यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाइ सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङ्गमय प्रतिष्ठान भएका छन । कदर पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा संस्कृति भोजपुरी भाषामा डिआर पन्थी, गुरुङ्ग भाषामा भिम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद कोइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारु भाषामा राजकुमार थारु, सल्लाह डाक्टर हरि तिमिल्सिना, प्रध्यापक डाक्टर गितु गिरी, डाक्टर गोविन्द आचार्य, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डाक्टर बालकृष्ण चापागाईं, जंगबहादुर शाह, प्राध्यापक डाक्टर कपिल लामिछाने लगतायले मन्तब्य व्यक्त गरेका थिए । बरिस्ठ उपाध्यक्ष हरिप्रसाद पोख्रेलले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष सृजना ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने सहजिकरण रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेले गरेका थिए ।
प्रतिक्रिया