ताजा अपडेट »
टिजर

हरिवंश आचार्यकाे फरक अवतार रहेका चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक (भिडियाे)

शनिबार, १० फागुन २०८१, १० : १५
2 Shares
शनिबार, १० फागुन २०८१
2 Shares

काठमाडाैँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन्, जहाँ उनी आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको देखाइएको छ।

Screenshot 2025-02-22 091404

एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको शवलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले चलचित्रमा यस विवादको अन्त्य कसरी होला भन्ने कौतूहल प्रदान गरेको छ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको चलचित्रमा देखिएका छन्। टिजरको अन्त्यमा महामृत्युञ्जय मन्त्र पढ्दै गरेको धमिलो नाङ्गो शरीर र तेरो पुनर्जन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाइएको छ।

Screenshot 2025-02-22 091519

चलचित्रभित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन? त्यो चाहिँ चलचित्र हेरेपछि थाहा होला। तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ। भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराइसकेको वा परिवर्तन भइसकेको स्थान भन्ने बुझाउँछ।

विनोद पौडेल निर्देशित यस चलचित्रमा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेन लगायतको अभिनय छ। साथै अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्रमा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नकाे पनि  यस चलचित्रमा अभिनय रहेकाे छ। ‍यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन्।

Screenshot 2025-02-22 091555

यस चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो। चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र आफ्नो थातथलो छोड्नुपर्दाको  पिडा र आफ्नो जराको खोज समेटेको कथा भनेकाे  छ।

यो चलचित्र आगामी वैशाख १२ मा रिलिज हुँदै छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।