ताजा अपडेट »

पामिर एक्स्पोमा विद्यार्थीका विज्ञान प्रदर्शनी तथा फूड फेस्टिवल

शुक्रबार, ०९ फागुन २०८१, २२ : १२
26 Shares
शुक्रबार, ०९ फागुन २०८१
26 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-२ जानकीनगरमा रहेको पामिर इन्टरनेश्नल एकेडेमीले एकदिने पामिर एक्स्पो सम्पन्न गरेको छ । शुक्रवार विद्यालय प्राङ्गणमा एकसाथ आर्ट एक्स्पो, फूड फेस्टिवल तथा विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो । 

मेलाले विद्यार्थीहरु माझ लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुर्याउने विद्यालयका प्राचार्य गोपाल गौतमले बताए । एक्स्पोमा कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न स्टलमा फुड्कोट, कला तथा विज्ञान प्रदर्शनीको आयोजना गरेका थिए । सो प्रदर्शनीमा शिक्षक अभिभाबक तथा विद्यार्थीहरुले स्टलमा राखिएका वस्तु तथा सेवाहरुको अवलोकन गर्नुका साथै बिक्री समेत गरेका थिए । एक्स्पोले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटनसँगै व्यवहारिक शिक्षाका लागि मद्दत पुर्याउने विद्यालयका अध्यक्ष मोहन चापागाईंको भनाई छ । 

एक्स्पोका लागि अभिभावक तथा विद्यार्थीहरूको प्रतिक्रिया राम्रो रहेकोले आगामी वर्ष अझै बृहत तरिकाले एक्सपोको आयोजना गर्ने उनले बताए । विद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार माघ १८ गते वार्षिकोत्सव सम्पन्न गरेको थियो । एक्सपोको संचालन कक्षा ९ का प्रतिज्ञा सुबेदी र इशा पाण्डेले गरेका थिए । पामिरमा पीजी ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ । एक्सोमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।