ताजा अपडेट »

क्रिकेटमय बन्दै रुपन्देही : पिएम कपका ४६ मध्ये ३२ खेल तिलोत्तमा र सिद्धार्थनगरमा

शुक्रबार, ०९ फागुन २०८१, २१ : ५६
126 Shares
शुक्रबार, ०९ फागुन २०८१
126 Shares

बुटवल । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर आयोजना हुँदा रुपन्देही जिल्ला क्रिकेटमय हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । 

राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताका ४६ खेल मध्ये ३२ वटा खेल रुपन्देहीका २ वटा मैदानमा हुने भएको छ । रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ तथा तिलोत्तमा एक्स्ट्राटेक ओभलमा १५ वटा खेल हुने क्यानले जनाएको छ । यसैगरी लिग चरणका १४ वटा खेल दाङको लमहीमा हुने भएको छ । फाइनल खेल भने रुपन्देहीको सिद्धार्थनगरमा हुने छ । क्यानले गत संस्करणका ११ खेललाई रुपन्देहीको सिद्धार्थ रंगशालामा गर्दै पहिलो पटक पिएम कपका खेल उपत्यका बाहिर आयोजना गरेको थियो । यो संस्करणमा भने पिएम कपका सबै खेल उपत्यका बाहिर हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहने छ । लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ । फाइनल चैत १६ गते सिद्धार्थ रंगशालामा हुनेछ । 

पहिलो दिन कोशी र लुम्बिनी , बागमती र एपिएफ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।