ताजा अपडेट »

कालिका कप सुपर सिक्स क्रिकेटको उपाधि शान्ति नमुना माविलाई

शुक्रबार, ०९ फागुन २०८१, २१ : ०४
46 Shares
शुक्रबार, ०९ फागुन २०८१
46 Shares

बुटवल । बुटवल कालिका क्याम्पस बुटवल–१० रामनगरको आयोजनामा भएको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि शान्ति नमुना माविले जितेको छ । शान्ति नमुना माविको ‘बी’ समुहलाई पराजित गर्दै शान्तिलनमुना मावि मणिग्राम ‘ए’ समूह विजयी भएको हो।।

पहिला टस जितेर ब्याटिङ रोजेको ए टिमले ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बी टिमले सबै विकेट गुमाउँदै जम्मा ८० रन मात्रै बनाएको थियो । विजयी भएको समूह शान्तिफ नमुना मावि ए समुहले नगद २० हजारसहित ट्राफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै उपविजेता बनेको बी समुहले १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिता समापन कार्यक्रममा बुटवल कालिका क्याम्पसका सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बिबिएस कार्यक्रम संयोजक बुद्धि बहादुर चौधरी, अतिरिक्त क्रयाकलपा संयोजक रेश्मिराज शर्माले पुरस्कार प्रदान गरे । प्रतियोगितामा म्यान अफ द सिरिज शान्ति नमुकाका नविन भण्डारी भए । यस्तै बलरमा क्यानन् माविका रोहित कुमार पासवान भए भने बेष्ट ब्याट्सम्यान शान्ति नमुनाका पीयूष कुमार गुरुङ भएका छन् ।

प्रतियोगीतामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय , बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्फी र प्रमाणपत्र प्रदान गरिएको बुटवल कालिका क्याम्पस का अतिरिक्त क्रियाकलाप संयोजक रेश्मिराज शर्माले जानकारी दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।