ताजा अपडेट »

बुटवलमा मेयर कप अन्तरविद्यालय फुटबल: सेमिफाइनल समिकरण पुरा, शनिबार उपाधि भिडन्त

शुक्रबार, ०९ फागुन २०८१, १९ : ५०
36 Shares
शुक्रबार, ०९ फागुन २०८१
36 Shares


बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन आज सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगितामा भोली शनिबार उपाधिका लागि छात्रा तर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान मावि भिड्ने भएका छन ।

आज भएको सेमिफाइनलमा टाइब्रेकरमा ज्ञानोदय माविलाई ३(२ ले हराउँदै गर्गीले फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै आजै भएको कालिका मानवज्ञान मावि र नविन औद्योगिक माविबीचको सेमिफाइनलमा नविनलाई २(० हराउँदै कालिका फाइनलमा प्रवेश गरेको थियो ।

उता छात्र तर्फ भने सेमिफाइनलमा पराजित भएको स्कलर्स होम र न्यु होराइजनबीच उपाधि भिडन्त हुने बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

आजै भएको सेमिफाइनलमा स्कलर्स होमलाई २(० ले हराउदै फाइनलमा पुगेको सरस्वती मावि र न्यु होराइजनलाई ४(१ ले हराउँदै फाइनलमा पुगेको अक्सफोर्ड मावि दुबै टिमका एकरएक खेलाडी बिरूद्व उजुरी परेको थियो ।

उजुरी बारे छानबिनका क्रममा सम्बन्धित विद्यालयले प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसकेका कारण अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य सेरजंग गुरूङले बताए ।

उपाधिका लागि शनिबार दिउँसो १२ बजे बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा फाइनल प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।
प्रतियोगिताका विजेता,उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिबारै नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याललगायतले पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र बितरण गर्ने कार्यक्रम तय भएको मञ्च ब्यवस्थापन उपसमितिका सरोज सिंहले बताए ।

छात्र तर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

छात्रा तर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।