ताजा अपडेट »

टेक्नोद्वारा नेपाली महिला फुटबल टिमलाई प्रशंसा र बधाई

शुक्रबार, ०९ फागुन २०८१, १६ : ०८
48 Shares
शुक्रबार, ०९ फागुन २०८१
48 Shares

काठमाडौं । नेपाल – नेपाली महिला फुटबल टीमले दशरथ रंगशालामा भएको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सेमी फाइनलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

सावित्रा भण्डारी ‘साम्बा’ले ४२औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको दृढ संकल्प र लचकता झल्काउँदै जित दिलाएकी थिइन्। विश्वको अग्रणी ब्रान्ड टेक्नाले, टीमप्रति गर्व गर्दै उनीहरूको अविश्वसनीय प्रदर्शनको लागि हार्दिक बधाई दिएको छ । म्यानमारविरुद्धको फाइनलको तयारीमा रहेको नेपाल महिला फुटबल टीमलाई हौसला प्रदान गर्दै सधैँ  साथमा उभिन टेक्नो प्रतिबद्ध रहेकोे बताइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।