ताजा अपडेट »

मेरो विद्यालय, मेरो दायित्व : मुख्यमन्त्रीले आफै पढेको विद्यालय पुगरेर सुरु गरे अभियान

शुक्रबार, ०९ फागुन २०८१, १४ : ५७
54 Shares
शुक्रबार, ०९ फागुन २०८१
54 Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ ।

पूर्व विद्यार्थिको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा–आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको टिकाराम( तारादेवी अक्षयकोष स्थापना गरेका छन् । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिनेछ ।

यस्तै मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको सुभारम्भ गरेका हुन् । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ । यो अभियानमा पूर्व विद्यार्थीहरुको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ ।’–मुख्यमन्त्री आचार्यले भने, ‘सामुदायिय विद्यालयलाई नमुना बनाउनको लागि यो अभियान कोशेढुंगा सावित हुने छ ।’ 

प्रदेश भित्रका १७ वटा विद्यालयबाट एकसाथ अभियानको सुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।