बुटवल । नेपालका नम्बर वन लनटेनिस खेलाडी प्रदिप खड्काले आफनो खेलकुद जीवनको १५ औँ तथा बुटवल खुला लन टेनिसमा हयाट्रिक गरेका छन् । रुपन्देहीमा सम्पन्न तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को फाईनलमा बुटवलका रितिक रानालाई ट्राईबेकरमा पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन ।
उपाधिसँगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । रुपन्देहीको प्रतियोगिताको पहिले संस्करणमा प्रणव खनाल विजेता थिए । दोस्रोमा प्रदिप खड्का बने, त्यसपछि तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बने भने पछिल्लो ३ वर्ष लगातार प्रदिपले उपाधि आफ्नो नाममा गर्न सफल भएका छन् । देविनगरस्थित टेनिस कोर्टमा भएको फाईनल खेलमा रितिकले ६-३ अंकसहित पहिलो सेट जित निकाले । तर दोस्रो सेट भने ७-६ ले प्रदिपले आफ्नो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदिप कम ब्याक गर्दै ६-१ को अंकले जित निकाल्दै उपाधि कब्जा गरे । प्रदिपले बुटवलबाट यो वर्ष भएको पहिलो खेलमा जित निकाल्न भएको बताए ।
शुक्रबार नै भएको ३५ प्लस सिङ्गलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाईनलमा सन्तोष खत्रीलाई ६-४, ६-१ को सेटमा पराजित गदैै उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई ६-१, ६-१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, बागमति टेनिस संघका अध्यक्ष मनोज सम्शेर राणा, कास्की लनटेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, कर्णेल मछिन्द्र थापा, संघका संस्थापक अध्यक्ष अशोक गुरुङ, प्रतियोगिताका सुपरभाईजर राजन पौडेलले प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतीय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरियो ।
यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने गरियो ।
प्रतियोगितामा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना भएको थियो ।
प्रतिक्रिया