ताजा अपडेट »

बुटवलमा राप्रपाको प्रदेशस्तरीय बिरोधसभा : अध्यक्ष लिङदेनले सम्बोधन गर्ने

शुक्रबार, ०९ फागुन २०८१, १३ : ०४
164 Shares
शुक्रबार, ०९ फागुन २०८१
164 Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवलमा लुम्बिनी प्रदेश स्तरीय विरोध सभाको आयोजना गर्ने भएको छ । फागुन १७ गते बुटवलमा आयोजना हुने सभालाई पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष लिङ्देनसहित अन्य केन्द्रिय नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, भ्रष्टाचार तथा जनताका अधिकारका विषयमा धारणा व्यक्त गर्ने कार्यक्रम तय गरिएको सो पार्टीले जनाएको छ । पार्टीले यो सभा सरकारको आलोचना तथा आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्न महत्वपूर्ण अवसरका रूपमा लिएको राप्रपाले जनाएको छ ।

राप्रपा लुम्बिनी प्रदेशका नेताहरूका अनुसार विरोध सभामा पार्टीका कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। बुटवलको ट्राफिक चोकमा  आयोजना गरिने यो सभाले राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण सन्देश दिने विश्वास गरिएको छ।

विभिन्न जिल्ला तथा स्थानीय तहबाट कार्यकर्ताहरूलाई सभामा सहभागी गराउने योजना रहेको राप्रपा केन्द्रिय सदस्य केशवराज खनालले जानकारी गराएका छन । राप्रपाले पछिल्लो समय सरकारको नीतिहरूको विरोध गर्दै आएको छ। यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा आयोजना हुन लागेको विरोध सभा सरकारविरुद्धको संघर्षलाई अझ सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।