ताजा अपडेट »

अझै पनि विक्री हुन्छ गुड्खाजन्य पदार्थ : के तिलोत्तमाको अभियान सुस्ताएको हो ?

शुक्रबार, ०९ फागुन २०८१, १२ : ३८
102 Shares
शुक्रबार, ०९ फागुन २०८१
102 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ वर्षअघि घोषणा गरेको अभियान सुस्ताउन थालेको भनि प्रश्न उठ्न थालेका छन् । नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा घोषणा गरिएका ५ वटा प्रतिवद्धताहरु कार्यान्वयनको अवस्था सुस्ताउँदै आएको हो । 

२०७९ चैत्र १ गते तामझामका साथ भव्य समारोह बीच घोषणा गरिएका ५ प्रतिवद्धता मध्ये नगरक्षेत्रभित्र सार्वजनिक स्थलमा गुड्खाजन्य पदार्थ विक्रिवितरणमा प्रतिवन्ध लगाउने निर्णय पनि समावेश थियो । तर, तिलोत्तमाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ५ का विभिन्न ठाउँमा अनुगमनका क्रममा गुड्खाजन्य पदार्थ विक्रिवितरण गरेको भेटिएपछि अभियान कार्यान्वयनको प्रतिवद्धतामाथि नै प्रश्न उठेको हो । तिलोत्तमा नगरपालिका वडा नं ५ का जनप्रतिनिधि, वडा बाल सञ्जालका पदाधिकारी र तिलोत्तमा नगर प्रहरीहरूको संयुक्त टोलीले यही फागुन ७ गते बजार अनुगमनका क्रममा गुड्खाजन्य पदार्थ विक्री गरिरहेको पाइएको हो । अनुगमन टोलीले गुड्खा विक्री गरिरहेका पसललाई जरिवाना गरेर आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन चेतावनी समेत दिएको छ । 

तिलोत्तमा नगरपालिकाले गरेका प्रतिवद्धताहरु मध्ये नगरको ६ लेन सडकमा हर्न निषेध, पशु दर्ता र फोहरमैलाको वर्गीकरण सुरु र सुर्ती र गुट्खाजन्य पदार्थको बिक्री वितरण प्रतिबन्धजस्ता विषय समावेश रहेका थिए । यद्यपी ती बसै प्रतिवद्धताहरु पूर्ण कार्यान्वयन हुन नसकेको टिप्पणी हुने गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।