ताजा अपडेट »

भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

शुक्रबार, ०९ फागुन २०८१, १० : ३५
12 Shares
शुक्रबार, ०९ फागुन २०८१
12 Shares

भद्रपुर । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ । 

मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो ।  प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागी छन् । 

यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब  पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।