गण्डकी । पोखरा विश्वविद्यालयको आज सम्पन्न २०औँ दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । यो सङ्ख्या हालसम्मकै बढी हो ।
पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा तुलसी भण्डारीका अनुसार दीक्षान्त समारोहमा ३० जनाले उत्कृष्ट पदक प्राप्त गरेका छन् । दीक्षान्त समारोहमा सहभागीलाई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गराउनुका साथै पुरस्कृत गर्नुुभएको थियो ।
उन्नाइसौँ दीक्षान्त समारोहभन्दा यसपटक आठ सय ७१ विद्यार्थी बढी दीक्षित भएका परीक्षा नियन्त्रक भण्डारीले जानकारी दिनुुभयो । सङ्कायगत रुपमा उक्त दीक्षान्त समारोहमा मानविकी तथा समाजशास्त्रतर्फ एक सय ६८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ दुई हजार छ सय ७९, स्वास्थ्य विज्ञान सङ्कायतर्फ आठ सय ८३ तथा व्यवस्थापन सङ्कायतर्फ चार हजार एक सय ४२ विद्यार्थी दीक्षित भएका सो विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया