ताजा अपडेट »

बौद्ध समाजद्वारा लुम्बिनीमा हुने कुलपुत्र प्रवज्यका लागि भोजन दान

विहीबार, ०८ फागुन २०८१, २१ : २२
168 Shares
विहीबार, ०८ फागुन २०८१
168 Shares

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा फागनु १४ गतेदेखि दुई आयोजना हुन लागेको  कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रमका लागि बौद्ध समाज नेपालले १ लाख ७६ मुल्य बराबरको अन्न दान गरेको छ । कार्यक्रमका लागि २ हजार किलोग्राम चामल हस्तान्तरण गरिएको समाजका अध्यक्ष शंकर गाहाले जानकारी दिए । 

साथै चैत्र २ गते हुने धम्मयात्राको सम्पूर्ण ज़िम्मेवरी समेत समाजले लिएको छ ।  जसका लागि बुटवलको संयोजकमा दीपक शाक्य, देवदह उत्तको संयोजकमा चंदा थापा, देवदह दक्षिणको संयोजकमा दूरमान गुरुङ, रामग्राम नवलपारसीको संयोजकमा हरीओम वि.क र भैरहवाको संयोजकमा राधिका पुन रहरनेगरी व्यवस्थापनि समिति गठन गरिएको छ । 

अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालिन भिक्षु) हुन लागेको हो । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह समेत हुनेछ ।

त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक(उपासिका सहित अल्पकालिन श्रामणेरहरुको सहभागीता रहनेछ । फागनु २१ गते औपचारीक उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकले जनाएका छन ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।