ताजा अपडेट »

कालिका क्याम्पस सुपर सिक्स क्रिकेटः क्वारट फाइनलका खेल सम्पन्न

विहीबार, ०८ फागुन २०८१, २० : ४४
36 Shares
विहीबार, ०८ फागुन २०८१
36 Shares

बुटवल ।  बुटवल १० रामनगरमा अवस्थित बुटवल कालिका क्याम्पसको आयोजानमा जारी सुपर सिक्स  ‘बुटवल कालिका कप क्रिकेट प्रतियोगीता–२०८१’ मा विहिबार ५ वटा खेल सम्पन्न भएका छन् । योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ ।  

बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक रेस्मीराज शर्माका अनुसार सेमिफाईलनका लागि  शुक्रबार विहान ९ बजेबाट खेल हुने छ । जसमा पहिलो खेल क्यानन मावि बुटवल र  शन्ती नमुना मावि को ‘बी’ टिमका बीचमा हुने छ  भने  दोस्रो सेमिफाईलन खेल  नविन औद्योगीक कदर बहादुर रिता मावि र शान्ती नमुना माविको ‘ए’ टिमका बीचमा हुने छ । 

शुक्रबार नै सेमिफाईलन फाईल खेल समेत आयोजना हुनेछ । प्रतियोगीतामा बिजेता समुहले  २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने  उपविजेता टिमले १५ हजार नगदसहित कप, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय, वेष्ट बलर, वेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। सुपर सिक्स फरम्याटमा खेलाइएको प्रतियोगीतामा ६ जना खेलाडी ६ ओभरको खेल रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।