ताजा अपडेट »

युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा

विहीबार, ०८ फागुन २०८१, १६ : ५०
22 Shares
विहीबार, ०८ फागुन २०८१
22 Shares

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनले भने, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।