बुटवल । रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । ‘टाउकोमा चोट देखिएको छ । यसकारणले गर्दा टाउकोमा ढुङ्गा प्रहार गरि हत्या भएको हुन सकछ,’– ग्लोबल आवाजसँग कुराकानी गर्दै कार्कीले भने ।
सूचना अधिकारी कार्कीले महिलाको पहिचान हुन बाँकी रहेको बताए । यस्तै घटना बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको बताए ।
विहिबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
प्रतिक्रिया