ताजा अपडेट »

जन्ती छोडेर फर्किएको बस दुर्घटना, एक जनाको ज्यान गयो, एक घाइते

विहीबार, ०८ फागुन २०८१, ०८ : २४
184 Shares
विहीबार, ०८ फागुन २०८१
184 Shares

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ नम्बरको खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान ५ः४० बजे सडकबाट करिब २०० मिटर तल खसेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए।

दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको घलेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।