काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बिहीबार शुरु हुँदैछ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुनेछ। बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली/विनियम/निर्देशिका/आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्ताव लगायत छन्। मंगलबार बसेको पार्टीकोस्थायी कमिटीको बैठक र बुधबारको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो।
पार्टीको चौथो अन्तरपार्टी निर्देशन (अपानि)मा अनेरास्ववियू र युवा संघका अध्यक्षहरूलाई बिदा गरी कमिटी पुनर्गठन गरिएपछि विवाद देखिएको छ। सम्मानित नेता झलनाथ खनालले पोलिटब्यूरो बैठकमा त्यस विषयमा आपत्ति जनाएका थिए।
प्रतिक्रिया