ताजा अपडेट »

प्रेस यूनियनले चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्दै

विहीबार, ०८ फागुन २०८१, ०७ : २८
22 Shares
विहीबार, ०८ फागुन २०८१
22 Shares

काठमाडाें । नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न  नेपाल प्रेस यू नियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

नवलपुर । नेपाल प्रेस युनियनको आयोजनामा ’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश र युनियनका गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठकले चैत्र २६ गतेदेखि बैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने निर्णय गरेको हो । नेपाल प्रेस युनियन गण्डकी प्रदेश कार्यसमितिको व्यवस्थापनमा हुने समिटको उद्घाटन जनआन्दोलन दिवस चैत्र २६ गते काठमाडौंमा हुने  नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले बताए ।

चैत्र २७ गते गण्डकी प्रदेशको भारतीय नाका पूर्वी नवलपरासीको त्रिवेणी भएर पाल्पाको रामपुर, स्याङ्जा हुँदै पोखरा पुग्ने छ । पोखरामा गण्डकी प्रदेशको पर्यटनको बारेमा छलफल गर्ने कार्यक्रम समेत छ । लुम्लेमा नेपालको मिडिया क्षेत्रको सम्भावना र चुनौतीबारेमा कार्यपत्र प्रस्तुत हुने छ । मुस्ताङको जोमसोममा जलवायु परिवर्तनको बारेमा कार्यपत्र प्रस्तुत गरेर बैशाख १ गते लोमान्थाङ पुगेर अन्तर्राष्ट्रिय समिटको घोषणा–पत्र जारी गर्ने योजना रहेको नेपाल प्रेश युनियन नवलपुरका अध्यक्ष खजराज सापकोटाले ज्नाएका छन ।

६ दिनसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लाको यात्रा गर्दै निस्कने टोलीमा करिब २ सय जनाले भाग लिने अनुमान छ । यात्रामा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग आबद्ध विभिन्न २० देशका पत्रकार, नेपालका अग्रज पत्रकार, युनियन केन्द्रीय कार्यसमिति, विभिन्न शाखा समेतका पदाधिकारी, सदस्य, अन्य संघसंगठनका पत्रकार गरी २ सयको सहभागिता हुने जनाइएकाे छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।