ताजा अपडेट »

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : नेपालले आज लेबनानसँग खेल्दै

विहीबार, ०८ फागुन २०८१, ०५ : ४७
58 Shares
विहीबार, ०८ फागुन २०८१
58 Shares

बुटवल । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज लेबनानसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमा नेपाल दोस्रो जितको खोजिमा हुनेछ भने लेबनान पहिलो जितको खोजिमा हुनेछ । 

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो भने लेबनानले म्यानमारसँग ३–१ गोल अन्तरले पराजित हुनु परेको थियो । नेपाल दोस्रो खेलमा पनि जित दतौ गर्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। घरेलु टोलीलाई हराउँदै फाइनल खेल्ने सम्भावना जीवित राख्न लेबनानलाई जित्नै पर्ने दबाब छ। 

प्रतियोगिताको पहिलो खेलमा जित निकालेका म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा पछि पर्दै नेपाल दोस्रो स्थानमा रहेको हो। फिफा वरियतामा म्यानमार ५५ औँ स्थानमा छ। नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४ औँ स्थानमा छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।