ताजा अपडेट »

बुटवलकालिका  क्याम्पसको आयोजनामा  सुपर सिक्स क्रिकेट प्रतियोगिता

बुधबार, ०७ फागुन २०८१, २२ : ३९
148 Shares
बुधबार, ०७ फागुन २०८१
148 Shares

बुटवल । बुटवल कालिका क्याम्पस बुटवल १० रुपन्देहीको आयोजनामा अन्तरविद्यालय सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधवार बुटवल १० रामनगर खेल मैदानमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रतियोगिता शुभारम्भ गरिएको हो ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका हेड कोच बसन्त शाही ठकुरीको प्रमुख आतिथ्यता प्रतियोगिता समुद्घाटन गरिएको थियो । यस्तै लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ दल बहादुर गुरुङ्गको विशिष्ठ आतिथ्यता रहेको थियो । १४ वटा टिमको सहभागीता रहेको प्रतियोगितामा पहिलो दिन ५ वटा खेल सम्पन्न भएका छन् । 

फागुन ७, ८ र ९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो टिमले १५ हजार नगदसहित कप, मेडल र प्रमणपत्र प्राप्त गर्ने क्याम्पस प्रमुख घनश्याम पाठकले जानकारी दिए । प्रतियोगितामा म्यानअफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय, बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख रेस्मीराज शर्माले जानकारी दिए । सुपर सिक्स फरम्याटमा खेलाइएको प्रतियोगितामा ६ जना खेलाडी र ६ ओभरको खेल रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।