ताजा अपडेट »

अन्ततः रोहिणीका वडाध्यक्षले कर्मचारीसँग माफी मागे, जुट्यो सहमति

बुधबार, ०७ फागुन २०८१, २२ : ३०
368 Shares
बुधबार, ०७ फागुन २०८१
368 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले माफी मागेपछि सहमति जुटेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको छलफलमा वडाअध्यक्ष खानले माफी मागेपछि सहमति जुटेको हो ।

वडाअध्यक्ष खानले २०८१ फागुन ५ गते गाउँ कार्यपालिका बैठकमा रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो विचार राख्दै गर्दा घिमिरेमाथि आक्रमण गरेका थिए । उक्त घटनामा वडाअध्यक्ष खानले घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा मनैदेखि आत्मालोचना गर्दै आगामी दिनमा यसप्रकारका कुनै पनि गैरकानूनी कार्य गर्नेछैन भन्दै माफी मागेका छन् । साथै रोहिणी गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई यसप्रकारका कुनै गैरकानूनी कार्य गर्नेछैन, गरेमा कानूनबमोजिम कारवाही सहन मन्जुर छु भनेर कागज ९सहमति० पत्रमा उनले सहीछाप गरेपछि सहमति भएको हो। 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय, नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष कमल पराजुली, नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय र राष्ट्रिय कर्मचारी संगठन ९निजामति० रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेको रोहबरमा दुबै पक्ष (जनप्रतिनिधि र कर्मचारी) बीच सहमति भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।