बुटवल । छोटो समयमा आफूलाई अब्बल सावित गर्न सफल रुपन्देहीको तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालाले बुधबार १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै सांसद घिमिरेले संस्थागत विद्यालयका समस्या समाधान गर्न आफू सधै प्रयत्नशील रहेको बताए । उनले देशको शैक्षिक विकासका संस्थागत विद्यालयहरुको भूमिका प्रमुख देखिएको बताउँदै निजी स्कूलबाट उत्तीर्ण हुने विद्यालयलाई पनि सामुदायिक विद्यालयका विद्यार्थीसरह अवसर पाउनुपर्ने बताए । उनले रुपन्देही शिक्षा देशको अब्बलतामा दरिएको भन्दै यसलाई निरन्तरता दिँदै आगामी दिनमा अझै बढाउनुपर्ने बताए ।
विद्यालयका प्राचार्य चन्द्र अधिकारी हरेको वार्षिकोत्सव अवसरमा शत प्रतिशत विद्यार्थी विभिन्न कार्यक्रममा सहभागिता जनाएको बताए । अभिभावकको सुझावलाई सधै सिर्योधाय गरेर स्कुल अघि बढेको प्राचार्य अधिकारीको भनाइ छ । विद्यालयका सल्लाहकार सल्लाहकार डा.बिनोद पराजुलीले विद्यार्थीको स्वाथ्य र खानपानमा ध्यान दिन सकेमा विद्यार्थीको सबै पक्ष सबल बन्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, सल्लाहकार टीकाराम घिमिरे, विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने, सञ्चालक समिति सदस्य खुमाकान्त पौडेल ज्ञानप्रसाद ज्ञवाली, कृष्णबहादुर जिसी विद्यार्थी प्रतिष्ठा ज्ञवाली लगायतले बोल्दै विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको भन्दै यसलाई अझै बढाउदै जान सुझाव दिए ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, संबाद, नाटक लगायत विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा शिक्षक कुलचन्द्र पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया