बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिंगल्सको उपाधि सुनिरा थापाले चुमेकी छन । बुधबार भएको फाईनलमा नेपालका वरीयतामा नम्बर वन खेलाडी अभिलाषा विष्टलाई पराजित गर्दै दोस्रो नम्बरकी उनी च्याम्पियन बनेकी हुन् ।
डिफेन्डिङ च्याम्पियन समेत रहेकी बिष्ट रिटायर्ड भएपछि उपविजेतामा चित्त बुझाईन् । पहिलो सेटको शुरुवातमा विष्टले अग्रता लिएपनि खेलमा फर्कदै ६-३ ले सुनिराले जित निकालिन् । दोस्रो सेटमा भने खेल भैरहँदा विष्ट रिटार्ड भएसँगै खेल सुनिराले आफ्नो नाममा गरिन । वरियतामा दोस्रो नम्बरमा रहेकी उनी यो जितसँगै रेङ्किङमा समेत फरक पर्ने छ । प्रतियोगितामा भगवती बिक र आयसा डोल्कर गुरुङ तेस्रो भईन ।
यता मेन्स सिङ्गलको उपाधिका लागि नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासँग शुक्रबार फाईनल खेल्ने भएका छन् । बुधबार भएको पहिलो सेमीफाईनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६-४, ६-० तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६-३, ६-४ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार, राजन पौडेल, सन्तोष खत्री र दीप जेबी राना सेमीफाईनलमा प्रवेश गरेका छन् । जितेन्द्रले चोम बहादुर शाहलाई ६-०, ६-० को सेटमा, राजन पौडेलले भिम बहादुर मगरलाई ७-६, ७-६ को सेटमा, सन्तोष खत्रीले सोम रानालाई ६-१, ६-२ को सेटमा तथा दीप जेबी राना वाकओभर पाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन ।
यसैगरी ४५ प्लस सिङ्गलतर्फ देव क्षेत्रीले रोहित सुनुवारलाई ६-२, ६-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् । यसैगरि ५५ प्लस सिङ्गलमा चन्द्र शाहीले उत्तम कुमार गुरुङलाई ६-१, ६-२ तथा उत्तम बोगटीले राजकुमार गुरुङलाई ६-३, ६-४ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । ६५ प्लस सिङ्गलमा मनोज रानाले भिक्टर रानालाई ६-२, ५-१ मा रिटार्यड भएसँगै राना विजेता बनेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए ।
यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर एसको जोडीले राजन परियार र चोम बहादुर एसको जोडीलाई ६-१, ६-० को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।
प्रतिक्रिया