ताजा अपडेट »

भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

बुधबार, ०७ फागुन २०८१, १० : ३३
36 Shares
बुधबार, ०७ फागुन २०८१
36 Shares

झापा। भद्रपुरझापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ ।  उद्घाटन खेलमा  आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन् । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।  

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।