ताजा अपडेट »

लुम्बिनी फ्रेण्डस सर्कलद्वारा जिल्ला कारागारमा स्वास्थ्य शिविर

मंगलबार, ०६ फागुन २०८१, २० : ५४
224 Shares
मंगलबार, ०६ फागुन २०८१
224 Shares

बुटवल । जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षणल सम्पन्न भएको छ । 

लुम्बिनी फ्रेण्डस सर्कल रुपन्देहीको आयोजना तथा मेडिटेक इन्टरनेशल हस्पिटल तथा रिर्सज सेन्टरको समन्वयमा कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी प्रदान गरिएको हो ।  

कार्यक्रम संस्थाका अध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा तथा मायादेवी गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीको प्रमुख आथित्यता र जिल्ला कारागार रुपन्देहीका प्रमुख सुरेश भण्डारीको विशिष्ठ आथित्यतामा सम्पन्न भएको थियो । 

स्वास्थ्य शिविर कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिनातामणि ज्ञावली, मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल लगायतको सहभागिता रहेको थिए ।

रामप्रसाद भण्डारीले संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेन्द्रजंग कुँवरले स्वागत मन्त्वय राखेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।