ताजा अपडेट »

बुटवलमा मेयर कप अन्तरविद्यालय फुटबल : दोस्रो दिन आज सात खेल सम्पन्न

मंगलबार, ०६ फागुन २०८१, २० : ३६
124 Shares
मंगलबार, ०६ फागुन २०८१
124 Shares

बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज सात खेल सम्पन्न भएको छ ।

बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा आज भएको पहिलो खेलमा नवरत्न माविले सिद्वेश्वरी माविलाई २-१ गोल अन्तरले हराएको छ । बुटवल ग्लोरी स्कुल र सरस्वती मावि बीच भएको अर्को खेलमा सरस्वती मावि २-० ले बिजयी भएको छ ।

त्यस्तै आजै भएको उजिरसिं मावि र स्कलर्स होम स्कुल बीचको खेलमा ३(० ले स्कलर्स होम बिजयी भएको छ भने कान्ति माविले कालिका मानवज्ञान माविलाई १-० ले हराएको छ ।

चारपाला खेलमैदानमा आजै भएको छात्रा तर्फको खेलमा नविन औद्योगिक माविले प्रगति माविलाई २-० ले हराएको प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै आज जवई खेलमैदानमा भएको नहरपुर माविरअम्सफोर्ड माविबीचको खेलमा नहरपुरको एक आत्मघाती गोलसहित टाईब्रेकरमा अक्सफोर्ड ७-० ले बिजयी भयो भने प्रगति मावि र रम्भादेवी माविबीचको खेलमा ४(३ ले प्रगति मावि विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।

त्यस्तै जवई खेलमैदानै भएको छात्रा तर्फ कान्ति मावि र नहरपुर माविबीचको खेलमा १(० अन्तरले कान्ति मावि विजयी भयो भने क्यानन स्कुल र ज्ञानोदय माविबीचको प्रतिस्पर्धामा १-० ले ज्ञानोदय विजयी भयो ।

छात्रा तर्फ कालिका माविले अक्सफोर्ड माविलाई ४-० ले हराएको छ । प्रतियोगिता अन्तर्गत भोली बुधबार चालपाला खेलमैदानमा नवरत्न माविरनविन औद्योगिक मावि तथा सरस्वती मावि रत्रिभुवन युनाइटेडबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

उता भोली बुधबार जवई खेलमैदानमा नयाँगाउँ माविर सरस्वती आधारभूत विद्यालय,ज्ञानोदय मावि र मोतिपुर मावि तथा प्रगति मावि र न्यु होराइजनबीच प्रतिस्पर्धा हुने नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिम पियाले बताए ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष पियाले बताए ।

प्रतियोगिताको सोमबार चारपाला खेलमैदानमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।