ताजा अपडेट »

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

मंगलबार, ०६ फागुन २०८१, २० : २८
60 Shares
मंगलबार, ०६ फागुन २०८१
60 Shares

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् ।

दोस्रोपटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको हो ।

यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।