ताजा अपडेट »

नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि

मंगलबार, ०६ फागुन २०८१, १६ : १९
18 Shares
मंगलबार, ०६ फागुन २०८१
18 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से० परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो । 

शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव ६७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । 

विकास बैङ्क एक दशमलव ७४, वित्त एक दशमलव ५०, होटेल तथा पर्यटन एक दशमलव ०४, जलविद्युत् शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ७९ र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज रु ८२ करोड दुई लाख ३६ हजार ९१० बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।