ताजा अपडेट »

नेपाल नगरपालिका कर्मचारी एसोसिएसनद्वारा शिक्षा शाखा प्रमुख घिमिरे माथि भएको हातपातको गम्भीर ध्यानाकर्षण

मंगलबार, ०६ फागुन २०८१, १३ : २२
248 Shares
मंगलबार, ०६ फागुन २०८१
248 Shares

बुटवल । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु्प्रसाद घिमिर माथि भएको हातपात भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसियनका महासचिव सितुप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।  घटनाले कर्मचारीको आत्मसम्मान ठेस पुगेको महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   शिक्षा   शाखाका प्रमुख  घिमिरेलाई  सोमबार दिउँसो १२ बजे गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले हातपात गरेका थिए । 

कार्यपालिकाको बैठक संचालन भइरहेको अवस्थामा शाखा प्रमुख घिमिरेलाई आमन्त्रित गरी बैठकमा उपस्थित भई आफ्नो भनाई राख्ने क्रममा वडाध्यक्षले गालीगलौज गर्नुका साथै हातपात गरेका हुन् । 

ce87ed33-ccf5-420d-bd1f-d56782d7dc2c

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।