तिलक सुवेदी । कुनै पनि व्यक्ति जन्मले होइन, कर्मले महान् बन्छन् । गीतामा लेखिएको यो भनाई सानै उमेरमा मेरो मस्तिष्कले टपक्कै टिपेको थियो । मैले सकेको कर्म पनि गरेकै थिए र गर्दै पनि छु । समय समयमा मेरो मनमा अनेकौँ कुरा खेल्ने गर्छ । सायद बढ्दो उमेर परिवारको जिम्मेवारी अनि कठिन यात्रा र एक्लो पनले गर्दा होला । सबैको प्रिय बन्न मन लाग्छ । धेरै सँग सङ्गत गर्न मन लाग्छ । कुनै समयमा छुटेका ती साथी र मलाइ चिन्ने सँग बोल्न र नजिक हुन मन लाग्छ ।
यो त मनको कुरा न हो । सबै कुरा गर्न र गराउन बिचमा तगाराे बन्छ केवल 'त' अर्थात् गरिबी वा पैसा । मलाइ पनि सम्पन्न हुन मन लाग्छ, सबैको नजरमा धनको घमन्ड देखाउन मन लाग्छ तर हुँदै नभएको चिज म कसरी देखाऊ ? अनि पुस्तकालयको पुस्तक पढ्छु र साेच्छु 'त' कसरी आउँछस् भनेर ।
अर्थविद्हरूको पुस्तकमा लेखिएको हुन्छ, आम्दानी नभएको अवस्था नै गरिबी हो भनेर । अनि सोच्ने गर्छु होइन मेरो आम्दानी छ त, मत 'त' लाई हराउन सक्छु । फेरी साेच्दछु समाजशास्त्रीहरू सामाजिक विभेद र समाजमा हुने वञ्चितीकरणको अवस्थालाई पाे गरिबी मान्दछन् । त्यस्तै भूगोलशास्त्रीहरू भौगोलिक दृष्टिकोणले सेवा सुविधाबाट टाढा रहनु तथा सरकारले प्रदान गर्ने आधारभूत सेवासम्म पहुँच पुग्न नसकेको अवस्थालाई नै गरिबी मान्दछन् ।
जीव वैज्ञानिकहरूले त न्यूनतम क्यालोरी अपुग भएको अवस्थालाई गरिबी मान्दछन् । यसरी तत्कालका आवश्यकताको आधारमा गरिबीको परिभाषा फरक–फरक दिएको देख्छु । म त केवल सोच्ने गर्थे कि पैसा अर्थात 'त' नभएको गरिबी हो भनेर । मनमनै कुरा खेलाउँछु अनि भन्छु यी सबै परिभाषा भित्र म पर्छु की पर्दिन ? यस्तै अनेकौँ प्रश्नको उत्तर खोज्दा खोज्दै देशमै केही गर्नु पर्छ भन्ने म आफु खेलेकाे कुदेकाे ठाँउ छाेडी परदेशी भएको छु । "त"काे खाेजीमा आज विदेशीएर आउकाे म "त" लाई कमाउन सकाैला नसकाैला तर सामाजिक प्रतिष्ठा भने धेरै प्रतिशत गुमाइ सकेको हुनेछु ।
कुनै बेलाको समयमा मलाई 'त' नभए पनि चल्छ जस्तो लाग्थ्याे । 'त' भित्र म किन नाङ्गीनि जस्तो लाग्थ्यो । समाजमा खुबै आदर्श दिन मन लाग्थ्यो तर मलाई आज आएर 'त' भित्र 'म' हराउन बाध्य भएको छु । हिजो पढेकाले थलो र नपढेकाले हलो छाड्न हुन्न भन्ने म आज तेरै खोजीमा सात समुन्द्र पारी विदेशीको छु । II जापान II
प्रतिक्रिया