ताजा अपडेट »

जिल्ला स्तरिय ब्याडमिन्टनको उपाधी होराईजनलाई

सोमबार, ०५ फागुन २०८१, २० : ०५
24 Shares
सोमबार, ०५ फागुन २०८१
24 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्ञानगंगा पाठशालाको १३ औँ वार्षिकोत्सवको अवसर  आयोजना गरेको अन्तर विद्यालय  जिल्ला स्तरिय  अण्डर १६ ब्याडमिन्टन प्रतियोगिताको उपाधी न्यु होराईजन माविले जितेको छ ।
 न्यु होराईजनका आयुष श्रेष्ठ र सौभाग्य कंडेलको जोडी प्रथम भएको हो । 

होराईजनकै  बिकास खाँण र साईमन  कंडेललाई हराउँदै  विजयी भएका हुन । प्रथम हुने समुहले  नगद १५ हजार कप मेडल प्रमाण पत्र  प्रप्त गरेका छन् भने उपविजेता  बनेका खाण र रानाको समुहले  नगद १० हजार  कप मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा एभरेष्ट माविका आर्यन सिग्देल  र सुप्रिम भुसालको जोडी नमुना ईङलिस बोडीङ स्कुलका मन्दिप पुन र अल्बिन पुनको जोडी  तेस्रो हुन सफल भएका छन उनीहरूले नगद  ४ हजार कप मेडल प्रमाण पत्र  हात पारेका हुन् । प्रतियोगितामा उदयमान खेलाडीको रूपमा अक्फोड माविका कृमन रिजाल हुन सफल भएका छन ।  

अनुसाशित टिमको रूपमा पामिर एकेडेमीले हात पारेको छ । प्रतियोगितामा रूपन्देहीबाट २० वटा विद्यालयले भाग लिएका थिए । कार्यक्रममा तिलोतमा नगरपालीका नगर उप प्रमुख जागेस्वरी देवि चौधरी  बिधालय स्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने बताईन ।   

विद्यालय व्यवस्थापन   समितिका अध्यक्ष ऋषिराम पाण्डे प्याप्सन तिलोत्तमा अध्यक्ष दिपक गौतम  बिधालयका प्राचार्य चन्द्र अधिकारी, विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने लगाएतले बोलेका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।