बुटवल । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले रुपन्देहीको मुर्गियामा महा एक्सचेञ्ज मानिया सचालनमा ल्याएको छ। नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हालसम्मकै ठूलो अफरसहित एक्सचेञ्ज क्याम्प सञ्चालनमा ल्याएको कम्पनीका रिजनल अफिसर नविन शाहिले दाबी गरे ।
टिभिएसको सबै भन्दा पुरानो लिगेसी भएको अपाचे सिरिजमा २ वर्षसम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो। जस अन्तर्गत ३१ हजार बराबरको निशुल्क स्पेयर्स तथा सर्भिस सुबिधा ग्राहकले पाउन सक्ने छन। साथै एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मको नगद छुट तथा साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९ प्रतिशत ब्याजदरमा स्पोर्ट फाईनान्स, फ्रि एसेसरिज पनि रहको ब्यबस्थापक शिव पौडेलले जानकारी दिए।
मेलामा टेस्ट राईड गर्न आउदा आकर्षक गिफ्ट ह्याम्पर पनि रहेको छ। मेला यहि फागुन ९ देखि सम्म चल्ने शाहिले जनाए।
प्रतिक्रिया