ताजा अपडेट »

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

सोमबार, ०५ फागुन २०८१, १४ : ५३
250 Shares
सोमबार, ०५ फागुन २०८१
250 Shares

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई वडाध्यक्षले हातपात गरेका छन् । घिमिरेलाई सोमबार दिउँसो १२ बजे गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले हातपात गरेका हुन् ।

कार्यपालिकाको बैठक संचालन भइरहेको अवस्थामा शाखा प्रमुख घिमिरेलाई आमन्त्रित गरी बैठकमा उपस्थित भई आफ्नो भनाई राख्ने क्रममा वडाध्यक्षले गालीगलौज गर्नुका साथै हातपात गरेका हुन् । 

हातपात पछि गाउँपालिकामा कार्यरत कर्मचारीहरुले सम्पूर्ण सेवाहरु बन्द गरेका छन् । उनीहरुलाई हातपात गर्ने वडाध्यक्षलाई कारवाहीको माग गर्दै सेवा बन्द गरेका हुन् । यस भन्दा पहिला पनि वडाध्यक्ष हुसेनले कर्मचारी माथि अभ्रद व्यवहार गर्ने तथा दादागिरी देखाउने गरेको कर्मचारीहरु बताउँछन् ।  

वडा अध्यक्ष करम हुसेन खानले धकेलाधकेल मात्रै भएको तर आफुले हातपात नगरेको बताए । ‘उहाँले मलाई पानीको बोत्तल उठाएर हान्न लाग्नु भए, त्यस पछि मैले किन बत्तल उठाएको भन्ने क्रममा धकेलाधकेल भएको हो, हातपात नै भएको भनेर उहाँले भने जस्तो होइन्’–उनले ग्लोबल आवाजसँग कुराकानी गर्दै भने । 

केही दिन अघि मात्रै एक्लैटी रुपमा शिक्षा समिति गठन कुन आधारमा गरिएको भन्ने उत्तर नै नदिई बोल्न थाले पछि आफु प्रतिवादमा उत्रिदा शाखा प्रमुख घिमिरेले पानी बेत्तल उठाएको वडाध्यक्षले बताए । 

शिक्षा शाखा प्रमुख घिमिरेलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।