ताजा अपडेट »
लुम्बिनी प्रदेशसभालाई सम्बोधन

सरकारले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन् : प्रधानमन्त्री ओली

सोमबार, ०५ फागुन २०८१, १४ : ००
70 Shares
सोमबार, ०५ फागुन २०८१
70 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे व्यापक समर्थन रहेको जिकिर गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै उनले अध्यादेश ल्याएपछि सबैले धन्यवाद दिएको जिकिर गरेका हुन् । 
 
‘हामीले २९ वटा कानुन हेरफेर गर्‍यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ । अध्यादेशमा व्यापक समर्थन छ । धेरैले धन्यवाद भनेका छन्’, उनले भने, ‘विरोध गर्नै पर्ने भएकाले विरोध गर्नु बेग्लै कुरा हो । धेरै कानुन निर्माण गर्नुपर्छ । तीव्र गतिमा विकास गर्नका लागि अध्यादेश ल्याएको । कानुन निर्माण गर्ने काम अगाडि बढेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।