ताजा अपडेट »

दाङ आए प्रधानमन्त्री ओलि, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

सोमबार, ०५ फागुन २०८१, १३ : ०१
114 Shares
सोमबार, ०५ फागुन २०८१
114 Shares

दाङ। लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आएका छन् ।

मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलिलाई स्वागत गर्नु भएको हो । नेपाली सेनाको एनए०६७ हेलिकप्टर मार्फत आएका हुन् । 
आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्ने छन् । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गरेका थिए। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए । 

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।