ताजा अपडेट »

पर्रोहा परमेश्वर नमुना माविले ५१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने

सोमबार, ०५ फागुन २०८१, ११ : १५
82 Shares
सोमबार, ०५ फागुन २०८१
82 Shares

बुटवल । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सबलाई साताव्यापी अतिरिक्त क्रियाकलाप गरी मनाउने भएको छ ।

रुपन्देही जिल्लाको अब्बल मध्येको सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यस विद्यालय ५१ वर्षअघि २०३१ सालमा स्थापना भएको थियो । सेक्टर वान र टू गरि विद्यालयको अहिले दुई स्थानमा कक्षा सञ्चालनमा छन् ।

आइतबार एक समारोहबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्याल र प्रधानाध्यापक नेत्रलाल पुरीले वार्षिकोत्सवका साताव्यापी कार्यक्रमको उद्घाटन गरे। विद्यालयमा रहेका करिब २७०० विद्यार्थीलाई कक्षागत विभिन्न विद्यामा प्रतिस्पर्धा गराइने प्रधानाध्यापक पुरीले बताए ।

अतिरिक्त क्रियाकलापको समन्वयका लागि शिक्षक टीकाराम सुवेदीलाई जिम्मेवारी दिइएको छ । साताव्यापी कार्यक्रममा एथलेटिक्सतर्फका खेलहरू, फुटबल, भलिवल, क्रिकेट, बास्केटबलमा उमेर समूह अनुसार प्रतिस्पर्धा गराइने अतिरिक्त क्रियाकलाप प्रमुख सुवेदीले जानकारी दिए। यस्तै सांस्कृतिक कार्यक्रमहरुमा भजन, लोकनृत्यमा पनि प्रतिस्पर्धा गराइनेछ ।

यसपटक नयाँ कार्यक्रम अन्तर्गत विद्यालयले पञ्चेबाजा बजाउने तालिम पनि दिने भयो । पञ्चेबाजाको तालिम लिएका विद्यार्थीलाई विद्यालयले बाजा समेत उपलब्ध गराउनेछ । ती विद्यार्थीले विद्यालय समयका अतिरिक्त व्यवसायिक रुपमा बाजा बजाउन जान सक्छन् ।

पढ्दै सिक्दै र कमाउँदैको नौलो कार्यक्रम सुरु गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्यालले बताए । विद्यार्थीको प्रतिभा र क्षमतालाई मध्यनजर गर्दै विषयगत तालिम सञ्चालन गरिने प्रधानाध्यापक पुरीको भनाइ छ
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।