सोल । चिनियाँ कम्पनीले हालै मात्र एआई उद्योगमा तहल्का मच्चायो । कम्पनीको एआई मोडल जारी हुने यो निकै चर्चित भएको थियो ।
चर्चा चुलिएसँगै राष्ट्रिय सुरक्षातिर औँल्याउँदै अमेरिका, भारत लगायत केही देशले यसमा बन्देज लगाए । यसैबिच दक्षिण कोरियाले पनि डीपसिक निलम्बित गरेको छ । रोयटर्सलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले छापेको समाचारका अनुसार दक्षिण कोरियाको डेटा संरक्षण प्राधिकरणले घरेलु एप स्टोरहरूमा डीपसिक डाउनलोडमा रोक लगाएको छ ।
डीपसिकले दक्षिण कोरियाको डेटा र सुरक्षाको नियम पूरै पालना नगरेको भनिएको छ । एप स्टोरमा डीपसिकको डाउनलोड निलम्बित गरिएको त्यहाँको पर्सनल इन्फर्मेशन प्रोटेक्शन कमिशनको उपाध्यक्ष चोई जाङ–ह्युकले पुष्टि गरेका छन् ।
अब नियामकले डीपसिक एपको डेटा संरक्षण नीतिको छानबिन गर्नेछ । यस क्रममा एपले स्थानीय गाइडलाइन्स पालना गरेको छ कि छैन भनेर हेरिनेछ ।
चिनियाँ स्टार्टअप कम्पनी डीपसिकको डीपसिक आर १ तर्कसङ्गत एआई मोडल हो । कम्पनीले करिब डेढ महिना अघि आर १ लाई लन्च गरेको थियो । आर १ चर्चित हुनुको एक कारण यसको मूल्य पनि हो ।
अमेरिकी एआई कम्पनी ओपनएआईले एआई ०१ बनाउन १५ डलर प्रतिमिलियन इनपुट टोकन र ६० डलर प्रति मिलियन टोकन खर्च गरेको थियो । तर डीपसिक आर१ को मूल्य ५५ सेन्ट प्रति मिलियन इनपुट टोकन र २ डलर १९ सेन्ट प्रति मिलियन टोकन खर्च गरेको थियो ।
प्रतिक्रिया