बुटवल । बुटवलमा सोमबारदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयरकप छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । छात्र विजेताले १ लाख र उपविजेता ६० हजार रुपैयाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए ।
छात्रातर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार छन् । विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने उनले जनाए । छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयले भाग लिने छन् । फागुन १० सम्म चल्ने प्रतियोगिता गर्न १८ लाख १५ हजार खर्च हुने पियाले बताए ।
छात्राको यसपालि मात्र हुन लागेको हो । पियाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षक नहुँदा विद्यार्थीले खेल्न चाहेर पनि नसेको बताए ।
बुटवल उपमहानगर प्रमुख खेलराज पाण्ड्येले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरी उपमहानगरले लगानी गरेको बताए । उनले नगरभित्र धेरै नयाँ पूर्वाधार र पुराना खेल मैदानलाई मर्मतको काम गरी बुटवलमा ८ खेल मैदान तयार गर्न लागेको र रूपन्देहीको प्रतिष्ठित फुटबल तिलोत्तमा गोल्डकप गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया