ताजा अपडेट »

प्रलेस नवलपरासीको बैठक सम्पन्न

आइतबार, ०४ फागुन २०८१, २० : ०४
52 Shares
आइतबार, ०४ फागुन २०८१
52 Shares

बुटवल । प्रलेस नेपाल ,नवलपरासीको बैठक संघका जिल्ला अध्यक्ष रेम रानाको अध्यक्षतामा बर्दघाटमा आईतवार सम्पन्न भएको छ । 

प्रगतिशील आन्दोलनका अग्रज एवम् बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीले प्रमुख आतिथिको हैसियतमा आफ्ना विचार राख्दै नवलपरासी जिल्ला प्रगतिशील साहित्यिक आन्दोलनमा मरुभूमिजस्तै रहेको दुखेसो प्रकट गर्दै आगामी दिनमा प्रगतिशील लेखन आन्दोलनलाई उठाउनु पर्नेमा जोड दिए ।

आमन्त्रित विशिष्ट अतिथि, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रसाद उपाध्यायले प्रगतिशील लेखनका हस्तीहरुले पार्टीको साँघुरो घेरालाई तोडेर वर्गीय लेखनधर्मिता कायम राख्नुपर्ने बताए । उनले भाषा,कला र साहित्यको विकासका लागि प्रगतिशील लेखकहरु एकजुट हुनुपर्ने ओैंल्याए ।

बैठकका विशिष्ट अतिथि एवम् प्रलेसका केन्द्रीय सचिव दलबहादुर गुरुङले बामपन्थीहरुको साझा सांस्कृतिक मोर्चाका रुपमा रहेको प्रलेस(नेपाललाई नेपाली बामपन्थी आन्दोलनको एकीकृत एवम् गतिशील मोर्चाका रुपमा अघि बढाउन सबै प्रगतिशील लेखकहरु लाग्नुपर्ने सुझाए ।

बैठकमा प्रलेस प्रदेश उपाध्यक्ष तिलक लामिछाने ,सदस्य उपेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो । बैठकले प्रलेस,नवलपरासीको दोस्रो जिल्ला अधिवेशन फागुन १३ गते,मंगलवार बर्दघाटमा गर्ने,प्रगति प्रतिवेदन अध्यक्ष रेम रानाले तयार पार्ने र प्रचारप्रसार गरि जिल्लाभरिका प्रगतिशील लेखकहरुलाई अधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।