ताजा अपडेट »

गुल्मीमा विद्यालय हिँडेकी बालिकाको डोजरले ढुंगा पल्टाउँदा किचिएर मृत्यु

आइतबार, ०४ फागुन २०८१, १२ : ५२
1.43K Shares
आइतबार, ०४ फागुन २०८१
1.43K Shares

गुल्मी । गुल्मीमा विद्यालय हिँडेकी बालिकाको ढुङ्गाले किचिएर ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ टारमा बाटो खन्ने जेसिबीले पल्टाएको ढुङ्गामा ८ वर्षिया बालिका विष्णु कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । 

छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर पालुखा माविमा अध्ययनरत बालिकाले ज्यान गएको हो । जेसिबीचालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

स्कुल समयमा पनि जेसिबी चलेको र घाइते छोरीको समयमै उद्धार नभएको भन्दै बुबा ज्ञानबहादुर कुमालले आक्रोश पोखे । बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।