ताजा अपडेट »

खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

आइतबार, ०४ फागुन २०८१, ११ : ४३
28 Shares
आइतबार, ०४ फागुन २०८१
28 Shares

काठमाडौं । कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा  घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । 

उनले भने, “आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।”

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।